कपिलवस्तु
कोरोनाको जोखिम कम
गर्न कपिलवस्तुको विजयनगर गाउ पालिकाले नमुना मुलक काम गरेको छ । देश वाहिरवाट
आएका मानिसवाट सजग हुनका लागी गाँउपालिकाले घरमा रातो चिन्ह लगाएको छ ।
क्वारेन्टाईनमा नबस्ने करिव ४५६ घरमा रातो क्रस लगाईएको हो । सवै वडामा वाहिर वाट
आएकाको पहिचान गरीएको छ ।
होम क्वारेन्टाईनमा
वस्नेको घर पहिचान गर्न रातो क्रस लगाएको हो । कोरोनाको प्रकोप भएका क्षेत्र भारत
र अन्य देशबाट घर फर्किएकाका घरमा रातो क्रस लगाईएका छौ । संक्रमण नहोस भनी सवैलाई
सुरक्षित गर्नका लागी यो विधि अपानाईएको हो । घरको अगाडी रातो क्रस देखे पछी
सवैलाई थाहा हुन्छ उहाहरु वाहिर वाट आएको भन्ने । पहिचान भए पछी सवै सजक हुन्छन
गाउँपालिका अध्यक्ष गोपाल वहादुर थापाले प्रेसपाटीलाई वताउनु भयो । यसैगरि गरिव र बिपन्न ७०० परिबार लाइ गाउपालिकाले चामल ,तेल नुन दाल लगायतका खाध्यान्न बितरण गर्ने
तयारी गरिरहेको गांउपालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिनु भयो ।
बिजयनगर गाउँपालिका मा ३वटा
क्वारेन्टाइन निर्माण भएका छन् । वार्ड नं १, २,र ४ को गुगौलि मा ५३ जना, वार्ड नं ३ ,५
र७ को गणेसपुर मा ३७ जना र वार्ड नं ६को जुटपनिया मा १७ जना गरि १०७ जना
क्वारेन्टाइन मा बसेका छन् । सो को भित्री
ब्यवस्थापन मा गा पा को स्वास्थ तर्फका कर्मचारी र कार्यालय सहयोगि गरि ३० जना
प्रतक्ष्य रुपमा खटिएको गा पा का स्वास्थ संयोजक यज्ञ अधिकारी ले जानकारी दिए।
तीन स्थानमा वाइफाइ सहित
खानाको ब्यवस्थापन भएको छ । घरमा रातो लगाएका कारण गाउँका सवैले थाहा पाएका छन
। गाउँपालिकाले वाहिर आउनेको विवरण तयार गरेकोले योजना वनाउनु सहज भएको प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले
जानकारी दिनु भयो । वार्ड नं१ मा ९३, वार्ड न २ मा ७५, वार्ड
नं ३ मा ५३,वार्ड नं ४ मा
६२,वार्ड नं ५मा ७९ , वार्ड नं ६मा ३७र वार्ड नं ७ मा ३७ गरि ४३६ जना
बाहिरबाट अाएका मान्छे का घरहरुमा रातो क्रसिङ चिन्ह लगाइएको छ ।
प्रतिक्रिया