काठमाण्डौ २० चैत्र । चैत्र ४ गते कतार एयरको क्युआर ६५२ मा यात्रा गरेका अर्का यात्रुमा पनी कोरोनाको संक्रमण देखिएको छ । स्वास्थय मन्त्रालयले मिडिया विफ्रंगमा वोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ६ पुगेको जानकारी दिनु भयो । सो विमानमा यात्रा गरेकालाई कोरोना भएको यो तेस्रो केस हो । नेपालमा कोरोना भेटीए मध्ये दोस्रो , पाचौ र छैठौ चैत्र ४ गते कतार एयर वाट यात्रा गरेका थिए ।
देवकोटाका अनुसार आज विहान सम्म ११८५ जनाको कोरोना परिक्षण भएको छ । संक्रमित सवैजनाको स्वास्थय स्थिती सामान्य रहेको वताईएको छ । संक्रमित मध्ये टेकु अस्पतालमा २ जना सेती प्रादेशिक अस्पतालमा १ जना धौलागिरी अंचल अस्पतालमा १ जनाको उपचार भई रहेको छ नेपालको छैटौं कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।
अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् ।दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नु भएको रहेछ । सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकी थिइन्’ एक अधिकारीले भने ।बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।तर संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया