कपिलवस्तु २० चैत्र ।कोरोना भाईसर (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तुको वाणगंगा घरघरमा डक्टर अभियान चलेको छ । कतिपय नीजि र सरकारी अस्पत्तनलका चिकित्सक ज्वरो आएको विरामी भन्दा साथ नजिक नपर्ने गरेको चर्चाका बीच जेसिसले घरघरमा चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने अभियान चलाएको हो । चिकित्सकको टिम पनि जेसिका युवाहरु रहने गरेका छन् । युवाहरुको यस्तो अभियानवाट नगरका वडावासिहरु पनि उत्साहका साथ सहयोग गरेका छन् ।
अभियानको नेतृत्व कपिलवस्तु जेसीसले गरेको हो । जेसीस वर्ष २०२० का अध्यक्ष मनोज कमार क्षेत्रीको नेतृत्वको युवाटोलीले घर घरमा डाक्टर अभियान अन्तर्गत अहिले नागरिकहरुलाई सचेतना गर्दै अगाडी वढेको हो । जेसीसको युवा टोलीले वाणगंगा नगर संगको समन्वय तथा राजापानी सामुदायिक वन, कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा वडा नं ३ मा घरघरमा डाक्टर अभियान मार्फत घरदैलो कार्यक्रम संचालन गरेको हो ।
अभियान अन्तर्गत वुधवार र विहिवार २ सय वढि घरमा कपिलवस्तु सामुदायिक अस्पतालका डाक्टरद्धेय दिपेन्द्र चन्द र दुर्गा भुसालले नागरिकहरुलाई घरमै गई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँच गर्नु भएको हो । आफु पनि सुरक्षित हुने र नागकिलाई पनि कोरोना भाईरसको जानकारी दिने र उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउनका लागि वडा नं ३ का २ सय वढि घरघरमा गएको अध्यक्ष मनोज कुमार क्षेत्रीले वताउनु भयो । अभियानका लागि जेसीसमा आवद्ध पदाधिकारी तथा पुर्व अध्यक्ष गोपालमणी ज्ञवाली, राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अघिकारीको समेत सहभागीता रहेको थियो । जेसीसले यस अभियानलाई अन्य वडामा पनि लैजाने तयारी भईरहेको जनाएको छ ।
प्रतिक्रिया