लुम्बिनी

गुगौलीको पिडा : आगो निभ्दै थियो, बल्ल दमकल आयो ,४८ घरगोठ छिनभरमा ध्वस्त : यस्तो छ कारण



कपिलवस्तु  २१ चैत्र  श्चिमबाट हावा चलेको थियो । अचानक काशिराम यादवको घरबाट आगो सूरु भयो । घरमा कोही थिएनन्, खेतको काममा वयस्त थिए । आगलागी सुरु भए पछी दमकल वोलाईयो । सुरुमा १५ किलो मिटर नजिकै रहेको कृष्णनगरको दममललाई खवर गरीयो । दमकल विग्रेको रैछ आउन सकेन । जिल्ला का ६ नगरपालिलका र ४ गाउपालिका मध्ये ३ स्थानियतहमा दमकल रहेको छ । त्यस पछी ५० किलो मिटर टाढा रहेको जिल्ला सदरमुकाम तौलीहवावाट दमकल मगाईएको थियो । वाल्टीको सहायताले शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियले आफ्नै तरीकाले आगो नियन्त्रण लिन खोजे । 

          आगो नियन्त्रणमा आउदै थियो ।  साढे पाँच वजे तिर वल्ल टिंग टिंग वजाउदै दमकल आयो । घटना हो कपिलवस्तु विजयनगर १ गुगौली गाउको । समयका दमकल नआउदा गुगौलीको एउटा टोल जलेर खरानी भएको छ । जस्का कारण दुई सय वढी मानीस घर विहिन हुनु परेको छ ।



जिल्लामा यस्तो समस्या पटक पटक आउने समस्या हो । कपिलवस्तु जिल्ला भरी जम्मा ३ स्थानिय तहमा मात्र दमकलको व्यवस्था रहेको छ । जिल्ला नै पटक पटक आगलागीको जोखिम भएको क्षेत्र हो । तर स्थानिय सरकारले दमकल राख्न चासो गरेको छैन । कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिका  र बाणगंगा नगरपालिकाले मात्र दमकलको व्यवस्था गरेको छ ।         
    विजयनगरमा ४ वजे देखी आगलागी सुरु भएको थियो । शसस्त्र प्रहरी वि ओ पि डालपुरका प्रहरी निरीक्षक अनिरुद्र हजाराका अनुसार खवर पाए पछी १० मिनेटमा टोली खटेको थियो । दमकल खवर गरे पनी शसस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानियको सहयोगमा आगो निभाउन खोजे । डेढ घण्टा सम्म आगलागी चल्यो । यादवको घरबाट उत्तरपश्चिम क्षेत्रमा आगो फैलियो । त्यहाका २५ घर र २४ वटा गोठ जलेर नष्ट्र भयो ।         
      विजयनगर कपिलवस्तुको बिकट क्षेत्रका पर्दछ । पुर्व पश्चिम राजमार्गको चन्द्रौटा वाट १० किमी टाढा रहेको छ । विकट गुगौलीमा समयमा दमकल नपुग्दा ठुलो क्षती वेहोर्नु परेको छ । ति २५ घरमा रहेको खाद्यान्य सामाग्री,लत्ताकपडा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो । २५ घर मध्ये १८ घर विपन्नको रहेको छ । आगोवाट कुनै मानविय क्षति भएको छैन् , भने गाईबस्तुलाई पनि उद्धारकर्ताले सुरक्षित गरेका थिए ।
    अग्निपिडितहरुलाई गाउँपालिकाले राहतको व्यावस्था गर्ने गाउँपालिकाका अध्यक्ष गोपाल वहादुर थापाले बताउनुभयो । आगलागी भएका घर परिवारलाई तत्काल ५ हजार रुपैया वरावरको राहत प्रदान गर्ने निर्णय भएको अध्यक्ष थापाले वताउनु भयो । हाल २५ घरका मानिसलाई छिमेकमा वस्ने व्यवस्था समेत मिलाएको अध्यक्ष थापाले वताउनु भयो ।



प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६