वुद्धभुमी
कपिलवस्तुको गोरुसिंगेमा रहेको श्री कस्मिक वचत तथा ऋण सहकारी संस्था लि ले कोरोनाका कारण आफ्ना सदस्यको एक महिनाको व्याज छुट दिने निर्णण गरेको छ । शुक्रवार वैठक वसी राहत स्वरुप छुट दिईने निर्णय भएको अध्यक्ष मुकुन्द प्रसाद पौडेलले वताउनु भयो । यसै गरी सहकारीले वुद्धभुमी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ५ हजार रुपैया सहयोग गर्ने निर्णय समेत गरेको छ । संस्थाका सचिव सुमन कुमार प्रधानले कोरोनाका भएको विपद्को माहामारी वाट राहत दिनका लागी सहकारीले सहयोग गरेको वताउनु भयो । कस्मिक सहकारी युवाहरुवाट संचालित भएको सहकारी हो ।
२२ चैत्र २०७६, शनिबार
प्रतिक्रिया