एजेन्सी, २३ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कहर बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ । १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ । त्यस्तै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमण दर उच्च छ । स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया