एजेन्सी, २३ चैत । इन्डिया मेडिकल काउंसिल रिसर्चका अनुसार भारतमा कोरोना वाइरस संक्रमण ३१ सय १३ जना पुगेका छन् । स्वास्थ्य एवं परिवार कल्याण मंत्रालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ । १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।
प्रतिक्रिया