कपिलवस्तु
बिजयनगर गाउपालिकामा आगलागीबाट क्षती भएका घर निमार्णका लागी प्रतिघर ४० हजार रकम सहयोग हुने भएको छ । प्रदेश सभा सदस्य अर्जुन केसीका अनुसार प्रदेश सरकारको निती अनुसार घर निमार्णका लागी आवश्यक पर्ने टिन खरीद वापत वढीमा रु चालिस हजार पाउने भएका हुन । खरको छाना मुक्त अभियान अन्र्तगत उक्त सहयोग हुने सदस्य केसीले वताउनु भयो । उहाहरुको विषयमा सहयोगको लागी पहल गरेको छु । जती सक्यो चाडो राहत उपलव्ध गराउन प्रयास भएको केसीको भनाई थियो ।
प्रेसपाटी संग कुरा गर्दै अध्यक्ष केसीले उक्त प्रहरीको मुचुल्का , स्थानिय सरकारको सिफारीस र जिल्ला प्रशासन कार्यालयको टिन खरीदको भ्याट विल प्रमाणित भए पछी ब्याक्तिलाई चेक बाट हस्तान्तरण हुने वताउन भयो । बिजयनगर गाउपालिका वडा नं. १ को गुगौलीमा शुक्रवार चैत्र २१ गते आगलागी हुदा २५ घर जलेर खरानी भएका थिए । समयमा दमकल नआउदा ठुलो क्षती भएको थियो ।
२३ चैत्र २०७६, आइतबार
प्रतिक्रिया