प्रदेश

शिवराजका ६ सहकारी द्धारा प्रकोप कोषमा सहयोग



चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका ६ सहकारीद्धारा नगरपालिकाले स्थापना गरेको स्थानिय तह प्रकोप कोषमा सहयोग प्रदान गरिएको छ । आईतवार नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख नेत्रराज अधिकारीलाई रु १ लाख ७ हजार १ सयको चेक हस्तानतरण गरिएको छ ।
चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारी द्धारा रु ५० हजार, सर्बोदय बचत तथा ऋण सहकारी द्धारा रु १० हजार, जनकल्याण स्वालम्बन बचत तथा ऋण सहकारी द्धारा रु १५ हजार १ सय, उज्यालो बचत तथा ऋण सहकारी द्धारा रु १५ हजार, बिगुल बचत तथा ऋण सहकारी द्धारा रु १० हजार र श्रृजनशिल बचत तथा ऋण सहकारी द्धारा रु ७ हजार रकमको चेक प्रदान गरिएको हो ।
शिवराज सहकारी संजालका अध्यक्ष नारायण भाटले विपतको समयमा सहकारीहरुको सानो सहयोगले निम्न बर्गका नागरिकहरुलाई राहतको महशुस हुने अपेक्षा सहित सहयोग गरेको बताउनुभयो । यो विपतको समयमा सहकारीहरुले किस्ता र ब्याजमा केहि सहुलियत गर्ने तयारी समेत गरेको बताउनुभयो ।
सहकारीहरुको चेक बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले यस समयमा नगरपालिकाले मात्र सहयोग गरेर नपुग्ने भएकोले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । नगरभित्र रहेका गैरसरकारी संघ सस्था तथा व्यक्तिहरुले पनि नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले प्याकेज बनाएर नगरभित्रका १६ सय घरपरिवारलाई राहत बाढ्ने पकृया अघि बढेको उहाँले बताउनुभयो । छ वटै सहकारीका अध्यक्ष तथा प्रतिनिधि नगरपालिकामा पुगेको थिए । संजालका अध्यक्ष भाटले आफ्नो व्यक्तिगत तर्फवाट नगरपालिकाको उक्त कोषमा जम्मा गर्न रु १० हजार को चेक पनि नगरप्रमुखलाई प्रदान गर्नुभएको छ ।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६