अर्थ-वाणिज्य

सातसय बढी मजदुरलाई एकसाथ १५ लाखको राहत,निर्माण सम्वद्ध मजदुर लाभान्वित



कपिलवस्तु २३  चैत । कपिलवस्तुमा घर पसल पुल पुलेशा र सडक वनाउन दैनिक मजदुरी गर्ने श्रमिकहरुले लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि राहत पाएका छन् । उनीहरु आवद्ध रहेको नेपाल निर्माण सम्वद्ध  श्रमिक संघले ७ सय वढी मजदुरलाई २ हजार मूल्यको करिव १५ लाखको राहत वितरण गरेको हो । चुनढुंगावाट निर्माण गरिएको सेतो घेरामा निश्चित दुरी वनाएर बसेका मजदुरलाई श्रमिक संघले पालैपालो राहत वितरण गरेको हो । रातह वितरणकालागि उपस्थित बाणगंगा नगरपालिकाका प्रतिनिधी गणेश क्षेत्रीले जिल्लाभरको मजदुर हेर्ने संस्था वाणगंगामा रहेको र यसले सबैलाई समयमै राहत वितरण गरेर स्थानीय सरकारको दायित्व घटाएको वताउनु भयो । 

                 हरेक मिस्त्रीवाट  एक घर ढलान हुदा सुरक्षा वापत ११ सय विमा वापत १ हजार र मजदुर कल्याणकालागि अर्काे १ हजार गरि ३ हजार संकलन गर्ने संघले त्यही कोषवाट करिव १५  लाख खर्च गरेर राहत वितरण गरेको संघका जिल्ला अध्यक्ष गणेश थारुले प्रष्टाउनु भयो ।संघका सल्लाहकार गणेश श्रेष्ठले नेपाल निर्माण श्रमिक सम्वद्ध संघमा कपिलवस्तुमा काम गर्ने  मजदुर ,सिराह सप्तरी र दाङका मजदुर पनि वर्षाैदेखि आवद्ध रहेकाले ती सबैलाई राहत  वितरण गरिएको औल्याउनु भयो । 

यता आफुहरु आवद्ध रहेको श्रमिक संघले २५ केजि चामल दाल नुन तेल लगायत २ हजार मुल्यको राहत हरेकलाई दिएपछि मजदुरहरु पनि खुशी देखिन्थे । उनीहरुले संघ आफुहरुको जीवन रक्षाको आधार बनेको औल्याए । संघका बाणगंगा नगर अध्यक्ष बाबुराम थारुले मजदुरको कालगतिले मृत्यू भएमा काजकिरीया वापत १७ हजार र दुर्घटनामा मृत्यू भएमा २ लाख राहत श्रमिक संघले दिदै आएको वताउनु भयो । जिल्लाभरमा ७ सय १६ जना श्रमिक संघमा आवद्ध रहेका छन । 

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६