एजेन्सी, २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना कहरले मृतक र संकमितहरु बढ्दै गएका छन् । विश्वमा मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १९ पुगेको छ । जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार मृतक र संकमितहरु बढ्दै गएका छन् । विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन्। एटलीमा मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ ।
अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ । अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ। त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ । लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन्। न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन्। त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन् । फान्समा ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया