कपिलवस्तु २४ चैत्र ।कपिलवस्तुका स्वास्थ्य सस्थाहरुमा पिपिईको उपलब्धता बढ्दै गएको छ । प्रदेश सांसद विष्णु पन्थीले जिल्लाका विभिन्न स्वास्थ्य सस्थाहरुमा पिपिई उपलब्ध गराउने क्रम जारी राखेपछि यस्तो अवस्था आएको हो । सांसद पन्थीले बुद्धभूमि नगरपालिकाकालागि मेयर केशव कुमार श्रेष्ठलाई १६ थान पिपिई उपलब्ध गराएको जानकारी दिनु भयो ।
यसैगरि कपिलवस्तु नगरपालिका ९को निग्लीहवा स्वास्थ्य चौकीकालागि ७ थान ,मोतिपुर र कोपवा स्वास्थ्य चौकीका लागि ५/५ थान पिपिई उपलब्ध गराएको सांसद पन्थीले प्रेसपाटीलाई जानकारी दिनु भयो । यसैगरी जिल्लाका अन्य स्वास्थ्य सस्थाहरुमा समेत पुराउन आफूले पहल गर्ने उहाले वताउनु भयो । यता चिकित्सकीय ब्यक्तिगत सुरक्षा उपकरण पिपिई अभावमा कुनैपनि ज्वरोका विरामी आउदा हेर्न नसकिने अवस्था रहेकोमा सांसद पन्थीको पहलमा पाएपछि स्वास्थ्यकर्मीको आत्मवल बढेको निग्लीहवा स्वास्थ्य चौकीम इन्चार्ज हरेराम चौधरीले वताउनु भयो । यता बुद्ध भूमिका मेयर केशव कुमार श्रेष्ठले पनि पिपिई अभाव देखेपछि सांसद पन्थीलाई अनुरोध गरेको वताउदै आंशिक आबश्यक्ता पुरा भएको औल्याउनु भयो । अझै धेरै ठाउमा अभाव कायमै रहेको मेयर श्रेष्ठको भनाइछ ।
कपिलवस्तुको पिपरा अस्पत्ताल र कपिलवस्तु सामुदायिक अस्पत्तालवाट शुरु भएको पिपिई उपलब्ध गराउने सांसद पन्थीको अभियानले कपिलवस्तुमा स्वास्थ्य कर्मीको सुरक्षा जोखिम घटाएको नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाईले वताउनु भयो ।
प्रतिक्रिया