कपिलवस्तु २४ चैत । कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचारत बिरामीको मृत्यु भएको छ । सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए । मृतक भर गत शुक्रवार देखि आईसलेशनमा थिए । क्षयरोग लागेर बिशेष भएका भरको ह्रदयघातका कारण मृत्यु भएको बन्जाडेले बताए ।
फाक्सो, मुटुले काम गर्न छाडे पछि भरको मृत्यु भएको हो । भरको स्वाब परिक्षणकालागि बुटवलमा २ दिन अघि पठाईएको थियो । अझै रिपार्ट आई नसकको उनले बताए । ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरे पछि भरलाई चन्द्रौटा स्थित स्थानीय मेडिकलमा उपचार हुन नसके पछि कपिलवस्तु अस्पताल पठाईएको थियो । भरको शवलाई अस्पतालको फ्रीज घरमा राखिएको छ । रिपार्ट आए पछि मात्र शवलाई परिवारको जिम्मा लगाईने बन्जाडेले बताए ।
प्रतिक्रिया