एजेन्सी, २५ चैत । चिनको बुहानबाट डिसेम्बरको अन्त्यतिर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ । अहिले सम्म सबै भन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको ज्यान गएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृत्यु भएको छ। विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार २ सय ९९ पुगेको छ। विश्वभर दुई लाख ७६ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन्।
त्यस्तै अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकमा यो उल्लेख छ । अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।
प्रतिक्रिया