एजेन्सी, २५ चैत । भारतको मुम्बई स्थित वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अहिले अस्पताल बन्द गरिएको छ । अहिले अस्पतालमा रहेका अन्य कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने संचारमाध्यमहरुले जनाएका छनन् ।
शहरको सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेका छन् । औषधि पसल, दूध र ग्यास पाइने निकाय मात्र खुल्न दिइएको छ । स्थानीय प्रशासनले तरकारी र किराना पसल पनि बन्द गराएको छ । भोपालमा सोमबार एकैदिन १४ जनामा कोरोना पुष्टि भएपछि कडा प्रतिबन्ध लगाइएको हो ।
प्रतिक्रिया