विचार/ब्लग

विपत ढ्याङ्रो फुकेर आउदैन



काठमान्डौ  २५ चैत्र ।   आपत बिपत ढुङ्ग्रि फुकेर आउदैन,यो भनाइ नेपाल र नेपालि  भन्दा सायद अरु कसैले व्यवहारमा उतार्न सक्लान। नेपालि जनताले पटक पटक आपत बिपत खेपी रहनु परेकै छ,चाहे त्यो बर्षायाम मा बाढी(पहिरो होस् या जुम्ला हुम्लामा अनिकाल। नेपालका पुर्व देखि  पचिम सम्मका जनताले आफ्नो जीवनकाल मा प्राकृतिक वा अप्राकृतिक आपत को सामना गरेकै छन्। त्यो प्रकृतिमा २०७२ को विनासकारी भुकम्प होस् या माओबादिको १० बर्से जनयुद्ध। यस्तो  अमानविय प्रक्रोपमा जनतालाई  साथ् र सहकार्य दिने जिम्मा अभिभाबकको हुन्छ र जनताको लागि त्यो अभिभाबक भनेको सरकार हुन्छ जसको  प्रतिनिधित्व गर्ने नेतृत्व जनता स्वयम छानेका हुन्छन। नेपालको इतिहास पल्टाउदा १९९०  र २०७२  को भुकम्प होस् वा १० बर्से जनाअन्दोलन जनताको सुरक्षा को लागी सरकारले गृह कार्य तिब्र बनाएकै थ्यो,जसको गुणगाण इतिहासको पन्नामा पाइन्छ र त्यो सदा सोहि रुपमा रहिरहने छ। 

हालसालै देखा परेको कोरोना भाइरस जसले  कोविड १९  रोग लगाउँछ, यसले गर्दा  अहिले संसार यो  रोग संग कुस्ती खेलिरहेको पृष्टभुमि छ । चिनको वुहान क्षेत्र बाट बिस्व भर फैलिएको यो रोगले स्वस्थ्य सेवामा विस्व ख्याति कमाएका देशहरुकै मेरुदण्ड भाच्चिने गरि त्याहाको नेतृत्वलाइ चुनौती दिईरहेको छ र भनि रहेको छ सक्छौ भने रोकेर देखाउ मलाइ   तत्थ्यंकालाइ आधार मान्ने हो भने डिसेम्बरको अन्तिम साता देखा परेको यो रोगले यस्तो बिकराल रुप लिन समय लिएको थियो। चीनमा ८३००० बढीलाइ घायल बनाएपछि यो रोगले नया डेरा  रोज्यो  युरोपि मुलुक इटाली र संयुक्त राज्य अमेरिका। जुन गतिमा यो रोगले चीनलाई छोडी अरु मुलुक ताक्यो  सायद त्यतिजेल  सम्म ढिला भैसकेको थियो।आफूतिर आउदै गरेको त्यो बिकराल महामारीको झनक सम्म पाएन इटाली र अन्य युरोपि मुलुकले।  सायद झनक सम्म पाएको भए केहि अग्रिम गृहकार्य गर्थ्यो कि ? तर त्यहाको  नेतृत्वको पछिलो कदमले तेस्तो संकेत दिएन ।

                 चिनमा देखिएको र यसले विस्व महामारी रुप लिन सक्छ भने न त चिनलाई ज्ञान भयो न त  कोविड  १९ बारे विस्व लाइ पहिले जानकारी दिने विस्व स्वास्संथ्य सगंठन लाइ।धेरै रास्ट्रहरुले  इबोला  जस्तै एउटा प्रान्तमा मात्र देखा परेको र छिट्टै निर्मूलन हुन सक्ने रोग होला भन्ने आँकलन गरे जसलाई  पृष्टभुमिमै  टेवा दियो  बिस्वको ६० प्रतिशत अर्थतन्त्र धानेको चीनले ,चीनको स्वास्थ्य सेवा र विपतको सामाना गर्ने क्षमता विस्वले अप्नाउन चाहान्छ यस्तो परिस्थितिमा कोरोना रोकथाम चिन एक्लैले गर्न सक्छ भनेर सोच्नु मुर्खता साबित भयो । चीनले प्रविधिको पहुचले होस् या आफ्नो  नेतृत्वको बलबुतावमा कोरोनालाइ घरबाट उखलेर फ्याक्न सक्षम भयो तर त्यति बेलासम्म ढिला भैसके रहेछ । चीनले आफनो देशमा कोरोना संक्रमित को शुन्य केश छ भनि रहँदा इटाली मा कोरोनाको कोलाहल मच्चि सकेको थियो । २४ घन्टामै ३००० बढि संक्रमित भए र ७०० भन्दा बढिको ज्यान गयो यो आँकलन अहिले १३२००० हाराहारी संक्रमित भएका छन् भने १६००० बढिले ज्यान गुमाइसकेका  छन्। उता स्पेनमा पनि  हालत यही छ,युरोपि देशमा इटाली पछि स्पेनले आफ्नो घुडा टेक्ने परिस्थितिमा पुगेको छ जहाँ १३५००० भन्दा बढि संक्रमित छन् र १३००० जनाले ज्यान गुमाएका छन् ।  

               युरोप पछि कोरोनाले आफ्नो नया इपिसेंटर संयुक्त राज्य अमेरिकाको औद्योगिक सहर न्युयोर्कलाइ रोज्यो।न्युयोर्क बाट अमेरिकाभर फैलिएको  कोरोना भाइरसले अहिले सम्म ३४७००० लाइ संक्रमित परिसकेको छ भने १० हजार भन्दा बढि को मृत्यु भैसकेको तथ्यांक छ ।यहाँपनि नेतृत्वको लापरवाहिले नै अहिले को यस्तो अवस्था भोग्नु परेको हो भन्ने कुरा जानकारहरु बताउछन। अमेरिकाका  राष्ट्रपति  द्वारा पटक  पटक कोरोना भाइरसलाई  यसको उत्पति भएको देशको नाम बाट बोलाउनाले त्यहाँ यसको महामारी प्रति कत्तिको गम्भीर रहेछन भन्ने प्रस्ट पार्छ।  ट्रंपले बेलाबेला कोरोनालाइ अमेरिकी सरकारले आफ्नो नियन्त्रणमा लिने छ भनिरहेका बेलै संक्रमित हुने को आँकलन र मृत्यु को आँकलन घातीय रुपमा माथि उक्लियो। विस्व भारको तथ्यांक हेर्ने हो भने अहिले सम्म १३ लाख बढी संक्रमित छन् र ७२  हजार बढिको मृत्यु भैसक्यो।

           यो रोगले धनि गरिब कुनै रास्ट्र भनेको छैन हाम्रो उत्तर छिमेकि देश बाट सुरु भएको यो रोग बिस्व परिक्रमा गरि दक्षीण छिमेकि भारतमा पाइला टेकेको छ जसको पछिलो अन्कालनलाइ ध्यान दिने हो भने ४ हजार भन्दा बढि संक्रमित छन् र १२९ जनाको मृत्यु भै सक्यो। अहिलेको परिस्थिति नियाल्दा नेपाल सरकारले देशमा  देखिने नया कोरोना संक्रमणको आधारमा भन्दापनि छिमेकि मुलुक भारतको लकडाउनको आधारमा नेपालमा लकडाउन लम्बाउने कि नलम्बाउने भन्ने सोचिरहेको मेरो आँकलन छ। भारतले लकडाउनमा नया संक्रमित खोज्ने कार्य पनि तिब्र बनाएको  छ तर नेपालमा सो कार्यले गतिलिन सकिरहेको छैन। नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ  सरकारले यो परिस्थितिमा, पहिलो चरणमा  विदेशबाट आएका प्रतेक नेपालि को घर( घरमा गइ प्रतेक परिवार सदस्यको स्वप( परिक्षण गर्न जरुरि छ ।अहिले को परिस्थितिमा स्वस्थकर्मीलाइ यस्तो कार्य गर्न तालिम दिन समय खेर फाल्नु हुदैन विदेशबाट आएकाको  र उनीहरुको परिवारको परिक्षण पहिलो प्राथमिकतामा राखी  यो कार्य गर्न नेपालि सेनाको सहयोग लिन सकिन्छ किन भने सेनाले यस्ता गतिभिधिको लागि अर्बान वारफेर को तालिम लिसकेका हुन्छन र सो कार्यलाइ स्वाव संकलन गर्न प्रयोग गर्ने हो भने नयाँ संक्रमणको खोजि पनि हुन्छ र उपचार पनि छिटो हुन्छ। लकडाउन लम्बाएर सरकारले नयाँ संक्रमणको खोजि तिब्र पार्न  जरुरी छ ,यदि नया संक्रमण खोज्न कुनै कदम नचाल्ने र अहिलेकै स्थितिमा देशले कोरोना बिरुद्ध लड्ने हो भने नेपालले इटाली र स्पेनले भोगेको दुख भोग्न पर्ने दिन आउन धेरै समय लाग्दैन।

   

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६