कपिलवस्तु २५ चैत्त । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारकोक्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ । सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो । उनको स्वाब परिक्षणकालागि प्रादेशिक प्रयोगशला भैरहवामा २ दिन अघि पठाईएको थियो । मंगलवार १ वजे आएको प्रतिबेदनमा रिपार्ट नेगेटिभ देखिएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताउनु भयो ।
यता कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचारत बिरामीको सोमवार मृत्यु भएको थियो । सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको हो । मृतक भर गत शुक्रवार देखि आईसलेशनमा थिए । क्षयरोग लागेर फोक्सोको रोगी उनको ह्रदयघातका कारण मृत्यु भएको बन्जाडेले यस अघि नै प्रष्टाउनु भएको थियो ।
प्रतिक्रिया