अन्तर्राष्ट्रिय

कोरोना भाइरसको खोप बनाउने दौडमा शक्ति राष्ट्र, २० प्रकारका खोप यसरी हुँदैछन् प्रारम्भिक परीक्षण



एजेन्सी, २६ चैत ।  कोरोना भाइरसले महामारीको रुप लिइरहँदा  विश्वशक्ति राष्ट्रहरु खोपको पूर्ण परीक्षण व्यापक तयारी नजिक पुगेका छन् । धनी र शक्तिशाली देशहरु भाइरसविरुद्ध अरबौ लगानी गरेर कोरोना खोप बनाउन सक्रिय भइरहँदा धमाधम प्रारम्भिक परीक्षण गरेका समाचारहरु सार्वजनिक भइरहेक छन् । खोपको प्रारम्भिक परीक्षणपछि हौसिएका वैज्ञानिहरुले खोपमा पूर्ण सफलता नजिक रहेको बताई रहेका छन् । खोपको परीक्षण पश्चात यसको व्यावसायीक उत्पादन सन् २०२१ अघि भने सम्भवन नरहेको वैज्ञानिकहरुले नै बताउँदै आएका छन् । 

        चिन, अमेरिका, रुस, भारत, अष्ट्रेलिया, इरान लगायतका देशहरु  खोप निर्माणको लागि दिनरात काम गरिरहेका छन् । यद्यपि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने पहिलो देशको श्रेय कस्ले पाउँछ भन्ने अहिल्लै अनुमान गर्न गाह्रो छ । अमेरिकाको मोडर्ना थेरापेटिक्स कम्पनीले कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको पहिलो मानव परीक्षण सुरु गरिसकेको छ । तर यसको पूर्ण परिणाम आउन कम्तिमा एक बर्ष लाग्ने कम्पनीले जनाएको छ ।

        दक्षिण एसियाली मुलुक भारतले पनि कोरोना भाइरसबिरुद्धको भ्याक्सिन बनाउने काम सुरु गरी सकेको छ ।  पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको खोप निर्माणमा जुटेको हो । चीनले कोरोना भाइरसविरुद् खोप प्रकारको भ्याक्सिन विकास गरिरहेको छ । भ्याक्सिनको प्रयोग जनावरमा गरी सफल भएको चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिएकी छन् । खोप प्रकारको भ्याक्सिन मध्ये केही निकै प्रभावकारी भएको चुआनले जनाएकी छिन् । भ्याक्सिनको परिक्षण मुसा र बाँदरमा भइरहेको जाकारी उनले दिइन् ।

        रुसले पनि कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको छ । उसले जनावरमा भ्याक्सिनको परीक्षण गरिरहेको सार्वजनिक गरिसकेकोछ  । रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल महिनाभित्र पूरा हुनेछ । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु भइसकेको जनाएको छ ।

        सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यसको पनि परीक्षण सुरुवातमा मुसामार्फत हुनेछ । यसअलवा युरोपेली मुलुकहरुले पनि खोपको विकासमा काम गरिरहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीका अनुसार विश्वभर २० प्रकारका खोप विकास भइरहेका बताएकी छिन् उनले कोरोनाको भ्याक्सिन परीक्षण पश्चात आउन समय लाग्ने बताएकी छिन् ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६