कपिलवस्तु २६ चैत्र ।प्रदेश सांसद विष्णु पन्थीले संयोजन गरि जिल्लाका क्षेत्र नं १ ,२ र ३ का विभिन्न स्वास्थ्य सस्थाहरुमा पुगेर चिकित्सकको ब्यक्तिगत सुरक्षा उपकरण पिपिई वितरण गर्ने काम बुधवार पनि जारी रहेकोछ । सांसद पन्थीले क्षेत्र नं १को मायादेवि ,क्षेत्र नं २ महाराजगंज र ३ को चन्द्रौटाका विभिन्न अस्पत्ताल तथा स्वास्थ्य चौकीहरु ,विजयनगर गाउपालिकालाई ती सामाग्री हस्तान्तरणको ब्यवस्था मिलाउनु भएको हो । सो अवसरमा क्षेत्र नं ३का विभिन्न स्वास्थ्य चौकीकालागि प्रदेश सांसद अर्जुन केसीलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी संजिवनी अस्पत्ताल र चन्द्रौटा अस्पत्ताललाई समेत पिपिई सामाग्री उपलब्ध गराइएको थियो । ती स्वास्थ्य सस्थालाई २० थान पिपिई ,आवश्यक मास्क र सेनिटाइजर उपलब्ध गराएको उहाले जानकारी दिनु भयो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सौजन्यमा कपिलवस्तुका बाणगंगा ,शिबराज र महाराजगन्ज नगरपालिका तथा मायादेवी र बिजयनगर गाउपालिका विभिन्न सरकारी ,सामुदायिक र निजी अस्पताल तथा अन्य स्वास्थ संस्थाहरु लाई तथा सेनेटाईजर आदी उपलब्ध गराइएको उहाको भनाइछ ।
न्युनतम सुरक्षा सामाग्री उपलब्ध भएको हुँदा आशा छ अब कोरोना आतंक हटनेछ र कपिलवस्तुमा उपचारमा सहजता हुनेछ उहाले प्रेसपाटीसंग भन्नु भयो । नियमित रुपमा अन्य संस्थाहरु लाई उपलब्ध गराउदै जाने सांसद पन्थीको भनाइछ । साइन रेसुङा बैंकका प्रबन्धक अनुराग पाण्डेले सोही स्थानमा सांसदसंगै पुगेर सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
प्रतिक्रिया