ब्रेकिंग न्युज

सिमा वन्द हुदा, प्रहरी छल्दै लुकिछिपी नेपाल प्रवेस ।



नेपाल भारत विच लकडाउनले सिमा वन्द हुदा चोर वाटो नेपाल प्रवेस गर्नेको विगविगी चलेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं. ५ र ६ जोडने सुराई नदीको वाटो भएर नेपाल प्रवेस गर्नेको संख्या वढन लागेको छ । स्थानिय पत्रकार प्रतिमा विश्वकर्माका अनुसार भारतमा मजदुरी गर्न गएका श्रमिकहरु सिमा वन्द भएपछी नेपाल छिर्न चोरवाटोको सहारा लिएका छन । उनिहरु दैनिक रुपमा नदीको वाटो भएर यात्रा गरी रहेका छन । केही मानिसहरु खेतको वाटो हुदै नेपाल प्रवेस गर्न सुरु गरेका छन ।
लुकी छिपी नेपाल प्रवेस गर्दा कोरोना सक्रमण हुन सक्ने जोखिम वढन लागेको छ । कृष्णनगर नगरपालिका वडा नं. ६ का सदस्य मकवुल मुसलमानका अनुसार यसरी छलेर आउने प्राय कपिलवस्तुका स्थानिय रहेका वताउनु हुन्छ । उनीहरु नियमित आउदा संक्रमण सर्ने खतरा समेत वढेको छ । तत्काल रोक्न पर्ने देखिन्छ । उक्त क्षेत्र कृष्णनगरवाट ६ किलो मिटर टाढा रहेको छ । ग्रामिण क्षेत्र भएको हुदा प्रहरीको गस्ती कम हुने गरेको छ । प्रहरी नभएको मौका छोपी साझ र विहान नेपाल छिर्ने गरेका छन ।


प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६