विचार/ब्लग

बिपत्त बन्यो अवसर ?



काठमाडौ २७ चैत्र । सन् २०१९ डिसेम्बेर २९ मा मित्र राष्ट्र चाइना को वुहान सहर बाट सुरु भएको विस्वब्यापी रोग कोभिड(१९ आज  ४ महिना पुगी सक्दा पनि निर्मूल पार्न सकिएको छैन । अमेरिका, इटाली लगायत विभिन्न देश मा समेत कोभिड (१९ ले धेरैलाई संक्रमित पारेको छ कत्तिको मृत्यु समेत भैसकेको छ । लकडाउन हुनु आगडिनै हाम्रो देशमा पनि यो रोगबाट सर्वसाधारण को स्वास्थ्यमा ह्रास आउला  भनि गत २  महिना आगाडी देखि सरकारी कार्यालयमा,कर्पोर्रेटकार्यालयमा ज्वरो नापने यन्त्र  र हात सफा गर्ने सेनेटाइजर प्रयोगमा ल्याईएको थियो। त्यतिबेला सम्म नेपालमा संक्रमण देखा परेको थिएन। पहिलो संक्रमण चीनको वुहान क्षेत्रबाट ल्याइएका नेपाली लाइ १४ दिने सरकारी क्वारेन्टाइनमा राखे पछि मात्र देखियो तेस्पछि नेपालमा डर को स्थिति उत्पत्ति भयो, नेपाली हावामा कोरोना छ भन्ने त्रासले कसैलाई छोडेन ।

            यसै बेला छिमेकि राष्ट्र भारतमा यो रोगले ठुलो रूप लिन लागेको देखिएर भारत भरि लकडाउन लगाईयो,भारतमा कोरोनाले गर्दा लकडाउन हुने बित्तिकै नेपालमा पनि लकडाउनको लागि गृहकार्य आगाडी बढाउनु पर्थ्यो,हतारमा गरिएको निर्णयले हाल आएर सिमा बन्द गर्दा दुर्गम जिल्ला का मानिसलाइ सिमामा रोक्किना पुगेका छन् जसले गर्दा  उनीहरुले आफ्नो परिवारजन संग कुरा गर्न पाएका छैनन। कोरोना संक्रमित देश जस्तै  फ्रान्स ,कतार ,दुबई,बाट आएका नेपाली लाई त्रिभुवन विमानस्थलमा ज्वरो मात्र नापेर पठाउदा रोग लागेका व्यक्ति  र सो बिमान चडेर आएका अन्य यात्रु आफु निरोगी भएको महसुस गरी आ(आफ्नो घर गए जसमा उनीहरुको भन्दापनि सरकारको लाचारपन देखियो। त्यतिबेला सरकारले चाहि संक्रमित देशहोस् वा संक्रमित नभएको सबै देश बाट  आएकालाइ १४ दिन अनिवार्य  सरकारी संगरोध अथवा क्वारेन्टाइन मा राखिनु पर्थ्यो इच्छा भएका लाइ आफ्नी घरमा बस्न आदेश दिएर उच्च निगरानी राख्न पर्थ्यो सरकार त्यहा चुक्यो ।

बिपत्त बन्यो अवसर ?

        जब देश भरि  चैत्र ११ गते बिहान देखि लकडाउन लाग्यो,व्यापार ( ब्यबसाय सुन्य मा झर्यो  कालाबजारी गर्ने ब्यापारीले मौका पाए १ लाई ४ गर्ने । लकडाउन भन्ने शब्द सुन्ने बित्तिकै व्यापारीहरुले ग्यासहरु लुकाउन थाले।सरकारले छ महिना सम्म पुग्ने स्टक छ बजारमा हाहाकार नहुनु पर्ने भनिरहदा पनि बजारमा ग्यास सर्वशुलभ तरिकाले ग्यास पाइएन, बुज्दै जादा डिलरहरुले नै ग्यासको कालाबजारी गर्न निमित्त ग्यास लुकाएको भेटियो जसमा सरकारली ठुलै कदम चालेर कारबाही को कदम आगि बढायो । साना ब्यापारीले गरॆका कालाबजारी र भ्रस्टाचारलाइ सरकारले न्यायको ढोका सम्म पुर्याइदियो।

     यत्तिले मात्र पुगेको थिएन सरकारी मथात्मै रही कोरोना संक्रमणको उपाचारर्थ टेस्टिङ्ग किट  खरिदमा पनि घोटालाको गन्ध आएको छ। आपतविपतमा कालोबजारी हुनु र भ्रस्टाचार देखिनु नौलो बिषय भने होइन। २०७२ को भुकम्पमा पनि राहात ,त्रिपाल जस्ता सामानको खरिद तथा बिक्रि वितरणमा कालोबजारी भएकै थिए । अहिलेलाई लकडाउनले गर्दा इ बिषयमा धेरैको चियो चर्चा र चासो भएको छैन तर लकडाउन खुल्ने बित्तिकै नीतिगत भ्रस्टाचार गरिएको भन्ने  प्रस्न को उत्तरको तयारि सारकारले कसरि गरिरहेको छ र जनताले तेर्साउने प्रस्नमा सरकारको उत्तर के हुने छ ? सायद समय ले बताउला ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६