रुपन्देही २८ चैत । रुपन्देहीको कञ्चन गाउँपालिका वार्ड नं.३ स्थित धौलागिरीचोकमा आफ्नै ससुराले बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । ससुरा चन्द्रमणी पौडेलले आफ्नै बुहारी लिला पौडेलको टाउकोमा बञ्चरोले हानेर संख्त घाइते बनाएको बताइको छ । विहिवार बिहान भान्साकोठामा काम गरिरहेकी बुहारी लिलालाई बञ्चरोले तीनपटकसम्म हानेर रगताम्य बनाई झोला बोकेर गरगरे कान्छीआमाको घर जान्छु भनि पैदल जाँदै गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
छिमेकीले पसलमा सामान लिन जाँदा घरभरी रगतै रगत देखेपछि के भएको रहेछ भनि घरभित्र पसी हेर्दा पौडेलकी बुहारी लिलालाई टाउकोमा चोटैचोटसंग बेहोस अवस्थामा देखेपछि छिमेकीलाई खबर गरेको र छिमेकीहरुले उनका छोरा तिलकराम पौडेल र श्रीमतिलाई छुट्टाछुट्टै कोठामा बाहिरबाट चुकल लगाई थुनेको अवस्थामा भेटेको स्थानियलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
ससुरा चन्द्रमणीलाई प्रहरी कार्यालय रुद्रपुरमा बुझाईएको छ, भने घाईते लिला पौडेललाई युनिभर्सल मेडिकल कलेज भैरहवा रानीगञ्जमा उपचारको लागि पठाइएको प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ ।
लामो समयदेखि मणि किराना पसल संचालन गर्दै आएका चन्द्रमणी पौडेलले के कति कारणले आफ्नो बुहारीलाई बञ्चरोले प्रहार गरे भन्ने बारे थप अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
२८ चैत्र २०७६, शुक्रबार
प्रतिक्रिया