अर्थ-वाणिज्य

जनताको मन जित्दै विजयनगर , २ करोड ५६ लाख सामाजिक सुरक्षा भत्ता वितरण



कपिलवस्तु २८ चैत्र । विश्वमा महामारीको रुप लिइ फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण देश नै लकडाउनको अवस्थामा रहेका बखत कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेकोछ । हरेक वडामा पुगेर सामाजिक दुरी कायमगर्दै पालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेका हुन् । 

गाउंँपालिकाले प्रत्येक वडामा विहिवार   देखि २ करोड ५६ लाख समाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । जेष्ठ नागरिक ,एकल महिला ,अपाङगता भएका नागरिक गरि सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ४ हजार ९ सय रहेको पालिकाका अध्यक्ष गोपाल वहादुर थापाले बताउनु भयो । सामाजिक सुरक्षा भत्तावापत  तीन महिनाको एकमुष्ट रकम वितरण गरिएको हो । लकडाउनका बेला ज्येष्ठ नागरिकलाई सहज र सुरक्षा अपनाउदै  घरमै गई सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो । घर घरमै  सामजिक सुरक्षा लिन पाउदा  ज्येष्ठनागरिकहरु खुशी भएका थिए । 

 पालिकाले लकडाउनका बेला समस्यामा परेका अति बिपन्न परिवारलाई राहत समेत बितरण गरेको छ । जसको घरमा मजदुरी नगरी साँझ विहानको जोहो टार्न सकिदैन त्यस्ता घर परिवारलाई राहत बितरण गरिएको पालिकाले जनाएको छ  ।   पालिका भरिनै तथ्यांक संकलन गरि पहिलो चरणको राहत बितरण गरिएको गाउँपालिकाले जनाएको छ । राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार राहत बितरण गरिएको हो।

यस्तै  गत सोमवार कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका   बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन  भरलाई पालिकाले क्रियाखर्च बापत रु २ं० हजार रुपिया दिएको  छ । मृतक भरको रिर्पोट नेगेटिभ आएको थियो । 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६