विचार/ब्लग

पूर्वमन्त्री र सांसद नै पेण्डुलम !



 ‘कही नभएको जात्रा हाँडी गाउमा’—यो प्रचलित नेपाली उखान हो । सकारात्मक हिसावले पनि यो उखान प्रयोग हुन सक्छ । नकारात्मक अर्थपनि लाग्न सक्छ । यहा २ फरक परिबेशमा यो उखान सापट लिइएको छ।कपिलवस्तुमा यस्तै भएको छ । यतिबेला सामाजिक माध्यममा मन्त्री सांसद उच्च पदस्त कर्मचारीलाई गाली नगर्ने कोही छैन । लकडाउनका समयमा मजदुर अलपत्र पर्दा होस ,रातह नपाएका कामदारको विचल्ली हुदा होस ,कोही समयमा उपचार नपाउदा होस सबैले गाली गर्ने पात्र यिनै हुन् ।

तर ति आलोचनामा पर्ने पात्र नै आफैमा भूमिका विहिन भएका रहेनछन् भन्ने कुरा कपिलवस्तुकोे एक विशेष छलफलमा प्रकट भएको छ। बाणगंगा नगरपालिकाले  राखेको पूर्वमन्त्री सांसद प्रदेश सभा सदस्य, पाटीका शिर्ष नेता र राहत ब्यवस्थापन समन्वय समितिको बैठकमा सांसद अत्तहर कमाल मुसलमानको भनाईले यो देशका सांसद र पूर्व मन्त्री पेण्डुलम जस्ता भए भन्ने स्पष्ट हुन्थ्यो । किनकी कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारीलाई सांसदहरुले सबै पालिकाका प्रमुखहरुलाई  वोलाएर जिल्लाका सांसद पूर्व मन्त्री र प्रदेश सांसद समेतलाई कोराना विपद विरुद्ध लाग्ने अभियानको साझा खाका वनाउन सांसदहरुले भनेका रहेछन् । 

तर प्रजिअरुले त्यो कुरालाई सुनुवाई नगरेको सांसद कमालले खुलाशा गर्नु भयो । कुरा यतिमात्र होइन  सांसद  कमालले बीहिवार जिल्लाका अग्रज नेता, सांसद र पत्रकारका बीच भन्नु भयो —हामी यतिबेला साँच्चै पेण्डुलम भएका छौं पेन्डुलम नचले समय निर्धारण हुदैन । तर घडीमा सबैले समय हेछर्न पेन्डुलम हेर्दैनन् । हुदा हुदा सम्म यति सम्म भयो की नेविसंघ र तरुणदलका भाईहरुले मेरो उपस्थितीमा विपन्नलाई राहत वाड्दै थिए बाणगंगाका मेयरले पुलिस लगाएर रोकिदिनु भएछ । के त्यसो भए हामी पेण्डुलम हौं? हाम्रो कुनै हैसियत छैन ? सांसद कमालको यो प्रश्नले केहि छिन सन्नाटा छायो । उत्तर न त मेयर मंगल प्रसाद थारुले दिए न अरु कसैले तर यो प्रसंग थोरै कोटयाउदै राष्ट्रिय सभाका सदस्य विमला घिमिरेले एकद्धार नीति पालनमा नहुदा पुलिस लगाउने अवस्था आए होला भनेर  बोल्न्नु भयो । 

यहा उठाउन खोजीएको सवाल के हो भने यतिबेला देश लकडाउमा छ सांसद र पूर्व मन्त्री होम क्वारेण्टाइनमा छन् । यस्तो बेलामा  होम सिटीका मेयर उपमेयरले ती उच्च पदस्थलाई उचित भूमिका दिन र सहकार्य जारी राख्नु जरुरी छ । सांसदहरुले एक पटक मेयरहरुसंग बस्ने ब्यवस्था मिलाई दिन भन्दा प्रजिअले सुनुवाई नै नगर्ने अवस्था आउनु हुने थिएन । 

अन्यबेला साना ठूला सबै काम सांसद र पूर्वमन्त्रीवाट गराउने विपदका बेला उनीहरुका खोजी नै नहुने हुन हुदैन । जे होस बाणगंगाले कही नभएको जात्रा हाडी गाउमा भने झै फरक पहिचान दिएको छ ।सांसदहरुले आफ्नो पीडा पोख्ने मौका उपलब्ध गराएको छ । कुरा सांसद कमालको मात्र होइन सांसद चक्रपाणी खनाल वलदेवको पनि छ । उहाले भन्नु भयो जिल्लाको दक्षिाणी भेगमा भारतवाट आएर क्वारेण्टाइनमा राखेकालाई भेट्न सांसद र पूर्व मन्त्री देखि मेयर उपमेयर क्वारेण्टाइनमा जाने उनीहरुलाई वाहिर वोलाएर फोटो खिच्ने हामी साथमा छौं भन्ने होडवाजी जारीछ । साथीहरुले वारम्वार मलाई बोलाउनु भएको छ । यस्तो बेलामा त्यसो गर्न नमिलने मेरो गुनासो कसलाई सुनाउने ? हो ठिक यहि अवस्था हो कही नभएको जात्रा हाडी गाउमा भनेको । क्वारेण्टाइनमा वसेका संग फोटो नखिचाउदैमा राजनीति सिद्धिन्छ भने सिद्धिन दिनु पर्छ । यस्तो काम कदापी हुनु हुदैन । 

एकातिर सांसद कमाल भूमिका विहीन भएकोमा चिन्ता ब्यक्त गर्नु अर्काेतिर सांसद बलदेव यस्तो वेलामा पहिले जसरी लाग्न सकिदैन भन्ने अनूभूत गर्नु स्वभाविकछ । बाणगंगामा बस्ने सांसदलाई स्वभाविक वढी सुरक्षित हुने मौका छ । दक्षिणमा जानु पर्ने सांसदलाई स्वभाविक रुपमा स्वास्थ्य सुरक्षा चुनौती छ ।सांसद र पूर्वमन्त्री यतिवेला लकडाउनमा छन् तर जनताका सामस्याका फोन उठाउदा र समाधानको पहल गर्दा दिनभर ब्यस्त नै रहन्छन् ।

    तर तीनै सांसदहरु यतिबेला घडीका पेन्डुलम जस्तो भएको अनूभूत गर्न वाध्य छन् ।  यस्तो नहुदा नै बेश हुन्छ । तीनतहका शक्तिशाली सरकारको उपस्थितीका करण सांसद र पूर्वामन्त्री भूमिका विहिन बन्नु हुन्न  किनकी यी भनेका देशका नीति निर्माता हुन । उनीहरुलाई सुखका बेलामा मात्र होइन संकटका वेलामा पनि उचित  भूमिका दिइनु पर्छ । परिस्थिती अुनसार होम टाउनमै भूमिका लिने र दिने काममा स्थानीय सरकार जिम्मेवार बन्नु पर्छ । वाणगंगाले गरे जस्तै पहल अरु पालिकाले पनि गर्नु पर्छ। 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६