वुटवल
सामाजिक विकास समितीका प्रदेश नं. ५ का सभापती दिर्घ नारायण पाण्डेले प्रदेश सरकारलाई कोरोना रोकथामका सामाग्री प्रदान गर्नु भएको छ । पाण्डेले सामाजिक विकास मन्त्री सुर्दशन वराललाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सहयोग गरेका सामाग्रीमा २ सय थान पि पि ई, ५ हजार थान ग्लोव र ५ हजार थान मेडिकल मास्क वितरण गर्नु भएको थियो ।
सहयोग सामाग्री दिर्घ नारायण पाण्डेको पहलमा भारतिय राज दुतावासले उपलव्ध गराएको थियो । ति सामाग्री प्रदेश सरकारले कोरोना रोकथाममा खटीएका स्वास्थ्य कर्मीलाई उपलव्ध गराउने सभापती पाण्डेले वताउनु भयो ।
ताजा समाचार अपडेटका लागी प्रेसपाटी डटकम को फेसबुक पेज लाईक गरीदिनु होला । लाईक गर्नका लागी तल लिंकमा लाईक वटम रहेको छ ।
प्रतिक्रिया