बुटवल २९ चैत्र । कोरोना भाइरस अर्थात कोविड १९ का कारण विश्व आतंकित भैरहेको अवस्थामा नेपाल सरकारले गरेको लकडाउनको २० औं दिन सम्म आइपुग्दा दैनिक ज्यालामजदुरी गरेर जिविर्कोपार्जन गरिरहेका परिवारलाई बिहान साझ छाक र्टान समेत गाह्रोँ पर्न थालेको छ । मज्दुर , गरिब बिपन्न परिवारलाई सरकारले राहतको घोषणा गरि वितरण कार्यलाई निरन्तरता दिईरहेका बेला विभिन्न सघं , संस्थाहरुले समेत सहयोग गर्न थालेका छन् । आज रुपन्देहीको रोट्याक्ट् क्लब अफ बुटवलले बुटवल ११ पवित्रनगरका करिब ७० घरपरिवारलाइ दाल, चामल, खानेतेल, नुन, तरकारी लगायतका खाद्यान्न सामग्री वितरण गरेको छ । रोयल ग्रुप बुटवलका पदाधिकारी र रोटर्याक्ट क्लब अफ बुटवलले आर्थिक संकलन गरि खाद्यवस्तु वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष रो वोनिन पियाले बताउनु भयो । क्लबका अध्यक्ष रो रनिल श्रेष्ठ , बुटवल वार्ड नम्बर ११ का वार्ड अध्यक्ष राम चन्द्र क्षेत्री , संयोजक रो दिपेश कुमार अग्रहरीको रोहवरमा राहत वितरण गरिएको हो । समुदायमा भैपरी आउने कुनैपनी समस्या समाधान गर्न रोट्याक्ट क्लब अफ बुटवल प्रतिबद्ध रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
२९ चैत्र २०७६, शनिबार
प्रतिक्रिया