कपिलवस्तु २९ चैत ।कपिलवस्तुमा कोरोनाको र्यापिड टेस्ट सुरु भएको छ । क्वारेन्टाईनमा वसेका सुद्धोदन गाउपालिका १२ जना र शिवराज नगरपालिका ६ जना लाई १४ दिन वसेपछि टेस्ट गरिएको स्वास्थय कार्यालयका प्रमुख यागेन्द्र भगतले वताउनु भयो । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निर्देशनालयले २ दिन अघि कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो । टेस्टका लागि जिल्लामा २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक जना पालिकामा २ जना गरी १० पालिकामा २० जना खटिएका छन । जिल्लामा ७ सय थान टेस्ट प्राप्त भएको कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा स्वास्थ्यकर्मीकालागि आवश्यक पर्ने पिपिई, केमिकल समेत आएको छ । शनिवार १८ जनाको टेस्ट भएको छ । शुक्रवार २१ र शनिवार १८ गरी कुल ३९ जनाको परिक्षण भएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले वताउनु भयो । ती सबैको रिपार्ट नेगेटिभ आएको उहाँको भनाई छ । जिल्लाभर शुक्रवार साझ सम्म ६ सय १७ जना क्वारेनन्टानमा छन । सबैको र्यापिड टेस्ट हुने उहाँले वताउनु भयो । २ सय ३२ जना १४ दिन क्वारेन्टाईनमा बसेर घर फर्किसकेका छन । जिल्लामा परिणाम पोजेटिभ देखिए थप टेस्टकालागि प्रदेश सरकारको भैरहवामा संचालन रहेको ल्याबमा पठाईने प्रशासन कार्यालयको भनाई छ । भैरहवामा पिसिआरबाट परिक्षण गरिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया