कलौया ३० चैत्र ।जनताको जीवनलाई कुनै मूल्यवान नठान्ने जनतावाटै निर्वाचित एक मेयर यतिबेला स्थानीय प्रशासनको कारवाही दायरामा आएका छन् । कोरोना भाइरस विरुद्ध जनताको ज्यान बचाउन लाग्नु पर्ने स्थानीय सरकारका प्रतिनिधी यहि मौकामा बदमासी गर्ने र कमाउने धन्दामा लागेपछि संभवत स्थाीय प्रशासनले देशकै पहिलो घटनाको रुपमा मेयरले खडा गरेको नगरको स्टोरमा तालाबन्दी गरेको छ । विवरण अनुसार कलैया प्रशासनले कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा सिलबन्दी गरेको छ ।
नगरप्रमुख यादवले कुहिएको दाल संकलन गरी बिपन्न तथा गरिव समुदायमा बाडन राखेको सुचनाका आधारमा छापामार्न गएको टोलीले नगरप्रमुखको स्वामित्वको कोल्डस्टोरमा सिलबन्दी गरेको हो । कोल्डस्टोरमा कुहिएको अवस्थाका ३ सय ८० बोरा दाल रहेको बताईएको छ ।५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी दाल बितरणको योजना बनाएका हुन ।
नगरप्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन ।कलैया उपमहानगरपालिकाको वडा नम्बर १, ७ र २० का स्थानीय गरीब र मजदुरकालागि राहत वितरण गर्दा नै स्थानीयले दालको गुणस्तरको सवाल उठाउदै ववाल गरेपछि रोकिएको थियो । वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलले गुनासो गरेका थिए ।जनताको गुनासोका आधारमा नमुना संकलन गरि ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।स्थानियका अनुसार यस अघि सोही कोल्डस्टोरमा स्टोरगरी बितरण गरिएको दाल कुहिएको र अत्यन्तै गुणस्तरहिन अवस्थाको रहेको स्थानीयले बताएका छन ।
संकलीत नमुनाको परिक्षण गर्ने तयारी गरिएको छ । नमुना परिक्षण पछि तथ्य सार्वजनिक गरिने छ अहिले परिक्षणकालागि खाद्य प्रयोगशालामा पठाउदै छौं उनले भने ।सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभरी लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण खाने पिउने समस्यामा रहेका मजदुरहरुलाई राहत उपलब्ध गराउने सरकारी नीति अनुरुप राहत बितरणको जिम्मेवारी स्थानीय सरकारको रहेको छ ।
कलैया उपमहानगरपालिकाका प्रमुख राजेश यादवले आफनै नागरिकलाई खान योग्य नरहेको दाल बितरण गरेर जग हसाएको नगरबासीहरु आक्रोसत छन ।स्थानीय प्रशासनले चामल ल्याईएको गोदामको समेत खोजी गरिरहेको छ ।
प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । अखाद्य सामाग्रि बितरण गरेर जनताको जिवन माथी नै खेलवाड गर्ने नगरप्रमुख माथी कार्वाही गर्नु पर्ने चौतर्फि दवाव परेको छ ।
प्रतिक्रिया