अन्तर्राष्ट्रिय

भारतमा २ सय ८८ को मृत्यु, संक्रमित ८ हजार ४ सय बढी



एजेन्सी, ३० चैत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको छ ।  विश्वमै  महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएको हो ।  २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४ सय ४६ पुगेको हो ।

         संक्रमितमध्ये भारतमा ९ सय ६९ जना उपचारपछि निको भएका भएर घर फर्किएका छन् भने ७ हजार १ सय ८९ जनाको भारतका विभिन्न अस्पतालमा उपचार जारी छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बन्दै महामारीको रुप लिएको छ । 

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६