एजेन्सी, २ वैशाख । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएसँगै मृतक र संकतिमहरुको संख्या बढदै गएको छ । वल्डोमिटरको तथ्याङ्क अनुसार मंगलबार विहानसम्म १९ लाख २४ हजार ६ सय ३५ जना संकमित भएका छन् । त्यस्तै विश्वभर १ लाख १९ हजार ६ सय ८६ जनाको निधन भइसेको छ ।
कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय ४० पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ५ लाख ८६ हजार ९ सय ४१ छ। विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ । इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ रहेको छ ।
त्यस्तै स्पेनमा १७ हजार ७ सय ५६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको । विश्वमा मृतकको संख्या १ लाख १९ हजार ५ सय ८७ रहेको छ भने १९ लाख २३ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख ४४ हजा९ सय १८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया