एजेन्सी, २ वैशाख । विश्मै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ सय ५८ पुगेको छ । भारतमा एकैदिन १ हजार २ सय ४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० हजार ४ सय ५३ पुगेको छ ।
भारतमा संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ८ हजार ९ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले अहिले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्वका अधिकांस देश लकडाउन गरिएको छ । अत्यावश्यक काम बाहेक अन्य कार्य ठप्प छन् ।
प्रतिक्रिया