बुटवल २ वैशाख । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल आइपुगेका एक सय २० जना मजदुरको उद्दार गरिएको छ । बुटवल उपमहानगरपालिकाले तीन वटा बसमा उनीहरुलाई घर फर्कने वातावरण मिलाएको हो ।दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका उनीहरु सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै हिँडेरै बुटवलसम्म आइपुगेका थिए ।बुटवल उपमहानगरपालिकाले उनीहरुलाई निशुल्क खाना खुवाउनुका साथै स्वास्थ्य चेकजँच गरी घरसम्म पुर्याउने व्यवस्था मिलाएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
२ बैशाख २०७७, मंगलबार
प्रतिक्रिया