बुद्धभुमी
कपिलवस्तुको वुद्धभुमी नगरपालिका १ कपासीमा कुटपिटवाट एक जनाको ज्यान गएको छ । साथी साथी विच सामान्य भनाभन भएको थियो । एक छिनमै कुटाकुट सुरु भयो । स्थानिय वर्ष ४५ विष्णु वहादुर दर्जी लठ्ठीले हान्दा वर्ष ५२ तुल्सी सुनारको ज्यान गएको प्रत्यक्षदर्शीहरु वताउछन ।
मंगलवार विहान ११ वजे सुनारको घटना स्थलमा मृत्यु भएको हो । विष्णु परीयारले दुवै छिमेकी हुन । आज विहानै देखी दुवै मिलेर सुनारको घरमा रक्सी खाएका थिए । खाने क्रममा रक्सीले मात लागे पछी झगडा सुरु भएको थियो । सुनारले परियारलाई तल्लो जाती भएर मेरो घर भित्र किन छिरीस भने पछी झगडा सुरु भएको थियो । भगडा भए पछी २ जनाले छुट्टाउन प्रयास गरेका थिए । विष्णुले एक्कसी लाठी प्रहार गरे पछी सुनारको मृत्यु भएको थियो ।
घटना पछी भागेका विष्णुलाई प्रहरी र स्थानियले भृकुटी सामुदायिक वन क्षेत्रका खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले प्रेसपाटीलाई वताउनु भयो ।
२ बैशाख २०७७, मंगलबार
प्रतिक्रिया