कपिलवस्तु ३ बैशाख । कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले राहत वितरणलाई अन्तिम चरणमा पुर्याएको छ । मंगलवारवाट वितरण शुरु गरेको नगरले नगरभित्रका २ हजार ८ सय ५१ घर परिवारलाई समाग्री उपलव्ध गराउने छ । १० वटा वडा रहेको नगरमा बुधबार वडा नं १, ३ ,४, ८, ९ मा रहेका विपन्न परिवार, ज्याला मजदूरी गर्ने श्रमिक, असक्त असायका लागि वडा कार्यालयले तयार गरेको लगत अनुसार राहत सामाग्री उपलव्ध गराईएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनु भयो । स्थानीय टोल विकास संस्था, नगरका कर्मचारी, वडाका जन प्रतिनिधि र नगरले निर्माण गरेको सर्वपक्षिय समितीको सहभागीतामा सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको छ । राहत समाग्री पाएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् । स्थानीयले नगरको कार्य प्रति प्रशंसा समेत व्यक्त गरेका छन् । नगरले सवै वडामा भोली विहिवार सम्ममा वितरण कार्य सम्पन्न गर्ने योजना वनाएको प्रमुख श्रेष्ठको भनाई छ । नगरले मंगलबार वडा नंं २ का २ सय ७७ जनालाई वितरण गरिएको थियो ।
३ बैशाख २०७७, बुधबार
प्रतिक्रिया