कपिलवस्तु ४ बैशाख । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागी गत चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेको थियो । लकडाउन पछि दैनिक ज्याला मज्दुरी गरि जिविकोपार्जन गरेका गरिब विपन्न मज्दुरलाई बिहान साझ छाक समेत धौ धौ भएका बेला सरकारले राहत कोष स्थापना गरि वितरण गरिरहेको छ । जिल्लाको बुद्धभुमि नगरपालीकाले ७५ लाख को राहत कोष खडा गरेको थियो । कोषमा सहयोगीदाताको संख्या बढ्दै गएको छ । यसैक्रममा आज एनएमवि बैकं गोरुसिें शाखाले दाल, चामल ,तेल , नुन लगायत ७० हजार बरावरको खाध्यन्न नगरप्रमुख केशव कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।
४ बैशाख २०७७, बिहिबार
प्रतिक्रिया