पाल्पा, ५ वैशाख । नक्कली बिरामी बोक्ने एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका–७ प्रभासदेखि बाग्लुङ्कको खर्बाङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स जाँच गर्दा नक्कली बिरामी भेटिएको जिल्ला प्रहरी प्रमुख दीपेन्द्र जीसीले बताउनुभयो ।
आठजना नक्कली बिरामी लिएर हिँडेको भेटिएकाले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । निस्दी बोडिगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्सले बिरामीको बहानामा यात्रु बोकेकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी पाल्पाले लकडाउन उल्लंघन गरेर सवारी संचालन गर्ने दुई सय ३५ निजी तथा सार्वजनिक सवारीलाई समेत नियन्त्रणमा लिई कारबाही सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया