कपिलवस्तु ५ वैशाख । लकडाउन लम्बिदै जादा देशका काठमाण्डौं, धादिङ्ग, लम्जुङ्ग लगायतका स्थानबाट मजदुरी गरी पैदल फर्कर्नेहरुको लर्को कपिलवस्तु जिल्लामा दिनानू दिन देखिन थालेको छ । यसरी चार, पाँच दिनको पैदल यात्राबाट थकित मजदुरको ब्यथा भने आफ्नै छ । यसरी सडकमा फेला परेका ८५ जना मजदुरलाई कपिलवस्तुको बनगाई स्थित शैक्षिक टोलबासीले खाना, खाजा खुवाई जिल्लाको चन्द्रौटा सम्म पु¥याएर जिम्मेवारी लगाउने काम गरेको स्थानिय गोविन्द पौडेलले बताउनु भयो । ती ८५ जना मजदुरसंगैं रहेका बाल बच्चाको अनुहारले भने जो कोहीलाई पनि भावुक बनाउथ्यो ।
बाँके, बर्दिया, कैलाली, रुकुम, रोल्पा पुग्नुपर्ने ती मजदुरहरु आफ्नो गन्तब्य सम्म पैदलबाटै भए पनि पुग्ने गरी यात्रा तय गरेको राजेश चौधरी बताउन्छन् । सडकमा फेला परेका मजदुरहरुलाई गन्तब्य सम्म पु¥याउने कार्यमा कपिलवस्तुको बनगाई, वोडगाउँ, चन्द्रौटाबासीको स्वत स्फूर्त सक्रियता देखा परेको छ । आफुहरुले मानविय सेवा भाव राख्दै ठाउँ ठाउँमा चाउ चाउका प्याकेट, पानी, खाना, खाजा को ब्यवस्था गरेको बताउनुहुन्छ सेवामा सक्रिय टेक बहादुर खत्री ।
राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका राख्ने श्रमिकलाई आफ्नो गन्तब्य सम्म पु¥याउने कार्यमा राज्यको मात्र मुख ताक्न नहुने भन्दै आफुहरुले सक्रियता देखाएको बुद्धिजीवि कृष्ण के.सी.को भनाई छ । कोरोनाबाट आकरान्त बनेको बेला स्थानियबासीबाट स्वत स्फूर्त गरिएका रचनात्मक कामले सिंगो नगरको सकारात्मक सन्देश गएको बताउदै यतिखेर सबै क्षेत्रबाट रचनात्मक भूमिकाको खाचो छ भन्नुहुन्छ बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल ।
प्रतिक्रिया