ब्रेकिंग न्युज

प्रदेश ५को कृषिमा नयाँ परिक्षण : एग्रो एम्वुलेन्स घरघर,कृषि फर्मदेखि वजार सम्म सरर



रुपन्देही ५ बैशाख  ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं ५ ले कृषि क्षेत्रमा नयाँ परिक्षण थलेकोछ । लकडाउनका कारण आयातित तरकारी र फलफुलको उपभोग रोक्न र आन्तरीक उत्पादनको वजार प्रबद्र्धन गर्न एग्रो एम्वुलेन्स संचालनमा ल्याउने भएको छ । प्रदेश मन्त्रालयले कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन गर्ने जनाएको हो ।मन्त्रालयले कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आयातित तरकारी तथा फलफुलको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको अवस्थामा स्थानीय स्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनको लागि मन्त्रालय मातहत रहेका कार्यालयहरुले सहजीकरण गर्ने निर्णय गरेको हो ।

        मन्त्रालयको फेसबुक पेजमार्फत मन्त्रालयले गरेका निर्णयहरु जानकारी गराउदै मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले जिल्लास्थीत कार्यालयहरुमा रहेका पिकअप वा गत आर्थिक वर्षमा मन्त्रालय र मातहतका कार्यालयले अनुदानमा वितरण गरेका पिकअप गाडीलाई कृषि एम्बुलेन्सको रुपमा संचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।प्रवक्ता घिमिरेले ति गाडीहरु परिचालन गर्दा गाडीको भाडा सम्बन्धित कृषि सहकारीले बेहोर्नुपर्ने र ईन्धनको लागि भने कृषि ज्ञानकेन्द्र वा मन्त्रालयमा माग गर्न सकिने बताएका छन् ।कोभिडको कारण साना किसानहरुलाई परेको प्रभाव न्यूनिकरण गर्न जिल्ला स्थीत कार्यालयहरुको अगुवाईमा यस्तो प्रयत्न गरिएको जानकारी दिए । कृषिजन्य उपजको ढुवानी तथा वितरणमा सहजीकरण गर्न १२ वटै जिल्लामा सम्पर्क कार्यालय र सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

    यसैगरी अबको बाली लगाउनको लागि किसानहरुलाई विउ, मल तथा किटनाशक विषादी, चल्ला, दाना घांसको व्यवस्था मिलाउनको साथै सामाजिक दुरी कायम राखी समयमै बाली थन्काउन र बाली लगाउन किसानहरुसंग आवश्यक समन्वय गर्नपनि जिल्ला स्थीत कार्यालय तथा कृषि ज्ञानकेन्द्रहरुलाई निर्देशन दिएको छ ।कृषिजन्य उपजको ढुवानीमा कुनै अवरोध भए कृषि ज्ञानकेन्द्र तथा पशुसेवा केन्द्रले स्थानीय स्तरमा नै प्रशासन, सुरक्षा निकायसंग समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ । मन्त्रालयले कृषि तथा पशुजन्य उत्पादन र वितरणको लागि अनलाईन पास तथा ट्रयाकिङ सिस्टम लागु गरि ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रलाई सोहि अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ । साथै उत्पादन गरेको परिमाण सम्बन्धित जिल्लास्थित कार्यालयमा जानकारी गराउन पनि कृषकहरुलाई आग्रह गरेको छ ।यसरी कृषि एम्वुलेन्स संचालन हुदा किसानका उत्पादनले आन्तरीक वजारमा पहुँच वढाउनेछ भने विगतमा अनुदानमा पिकअप पाएकाहरुले काम समेत पाउनेछन् । 

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६