ब्रेकिंग न्युज

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा



धादिङ ६ बैशाख । बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तोडफोड गरिदिएका थिए ।बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६