कपिलवस्तु ६ बैशाख ।प्रदेश ५मा आफनो पालिका भन्दा वाहिरको कृषि उपज आयातमा रोक लगाउदै लकडाउनसंगै आन्तरीक कृषि प्रवद्र्धनको योजना लागु गरेको कपिलवस्तुको वाणगंगा नगरपालिकाले त्यसको जनतामा प्रभाव हेर्न बजार अनुगमन गरेकोछ । भारतीय वजारवाट आउने तरकारी तथा फलफूल रोक्ने अभियान चलाउदै हालका लागि अन्यपालिकावाट आउने कृषि उपजपनि रोकिएको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो ।
स्थानीय तरकारीहरु नविकेको जनगुनासो आएपछि आयातमा प्रतिवन्द लगाउदै सोको अनुगमन गरिएको हो । उपमेयर चक्रपाणी अर्यालको नेतृत्वमा उद्योग वाणिज्यसंघ ,उपभोक्ता हित संरक्षण मञ्च र संचारकर्मीको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनपछि जनतामा सहि सन्देश गएको र अझ कडाई गर्नुपर्ने देखिएको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो ।
अनुगमनमा गएको टोलीले मूल्यबृद्धि भएको जनगुनासो आएको भन्दै गरेको सोधीखोजीमा ब्यापारीहरुले कतिपय सामानमा आपूर्तीकर्तावाटै मूल्य वढेर आएको वताएका थिए । उनीहरुको गुनासो सुनेपछि उपमेयर अर्यालले अशोभनिय मूल्य बृद्धि देखिए कानुन अनुसार कारवाही हुने भन्दै सजग रहन र विपदमा कालाबजारी नगर्न आग्रह गर्नु भयो ।
लकडाउनका बेला कालोवजारी हुन नदिन कपिलवस्तु उद्योग वाणिज्यसंघ अनुगमनमा सामेल भएको अध्यक्ष उमानाथ पौडेलले वताउनु भयो । उहाले यस्तो बेलामा ब्यापारीकले मानवताको ख्याल गर्नु पर्ने वताउनु भयो । बिपद ब्यवस्थापन तथा समन्वय समितिका सदस्य एवम उद्यमी बिष्णु न्यौपानेले ग्रामीण बस्तीका वजारहरुमा दुरी कायम गर्ने अभ्यास नदेखिएकाले जोखिम वढेको वताउनु भयो । नगर भन्दा वाहिरका कृषि उपज आयातमा रोक लगाउने नगरपालिकाको निर्णय स्वागत योग्य रहेको स्थानीय समाजसेवी कमल चुदालीले प्रष्टयाउनु भयो ।
यो कदम सही समयमा आएकोले जनसमर्थन ब्यापक रहेको औल्याउनु भयो । कपिलवस्तुमा आफ्नो नगर भन्दा वाहिरको कृषि उपजमा प्रतिवन्द लगाउने नगरपालिका बाणगंगा मात्रै हो । यसले नगर क्षेत्रको कृषि प्रबद्र्धन हुने अपेक्षा नगरले राखेको छ । यता उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले कृषि उपजको आयात सबैले रोक्नुपर्ने औल्याउनु भयो । अनुगमन बाणगंगाको वडा नं १० पटना वडा नं ११ हथौसा ,वडा नं ९भलवाड र वडा नं ४ जीतपुरमा गरिएको थियो । भारतवाट आउने तरकारी र फलफूल स्थानीय स्तरमा जनताले स्वर्तस्फूर्त अस्वीकार गर्न थालेको ब्यावसायी टंकमणि मरासीनिले वताउनु भयो ।
प्रतिक्रिया