ब्रेकिंग न्युज

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता



तेह्रथुम, ७ बैशाख । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताउनुभयो ।

        धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन् । डुबेर बेपत्ता भएका दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । (रासस)

प्रकाशित : ७ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६