अर्थ-वाणिज्य

लकडाउनमा भूमाफियाको चलखेल : बन अतिक्रमण गरि बनाइएका घर टहरा भत्काइए



कपिलवस्तु ८ बैशाख ।  कोरोनाका आशंकामा  लकडाउनले मुलुक सिथिल भएका बखत केहि भू माफियाहरुले चलखेल गरि बनजंगल कव्जागर्ने अभियान चलाउन थालेको जानकारी पाएसंगै कपिलवस्तुको गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटाले शसस्त्र बनरक्षक परिचालनगरि ५ वटा घर टहरा भत्काएको छ । 


            सरकारले सुकुम्वासी आयोग वनाएको  थाहा पाउदासाथ रातारात अतिक्रमण गरेर वनाईका घर टहरा मध्ये विजयनगर गाउँपालिकामा  ३ वटा र शिवराज नगरपालिकामा २ वटा घर टहरा भत्काइएको हो । गौतम बुद्ध बन डिभिजन चन्द्रौटा कपिलवस्तुका प्रमुख दुर्गा वहादुर कार्कीले  घरटहरा भत्काइएको जानकारी दिनु भयो । 

        नयाँ अतिक्रमण भएको खवर पाएपछि विजयनगर र शिवराजमा भर्खरै वनाइएका केहि टहरा  भत्काइएको  हो ।  भत्काउनु अघि ३६ घण्टा भित्र जसले बनाएको हो भत्काउन भनेर सूचना गरिएको र कसैले पनि नभत्काएपछि बनरक्षक लगाएर भत्काइएको प्रमुख कार्कीले प्रष्टाउनु भयो । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६