रुपन्देही८ बैशाख । रुपन्देहीमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन । रुपन्देहीको गैडहवा गाउँपालिकाको मुकाम सुर्यपुरामा छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरिएको छ । १५ बर्षिय छोरीलाई १ वर्षदेखि बलात्कार गर्दै आएका ति ४० बर्षिय बाबुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको हो । छोरीले दिएको बयानका आधारमा बाबुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले बताएको छ ।
स्मरणीय छ लकडाउनको पछिल्लो एक सातामा रुपन्देहीमा ३ युवती बलात्कृत भएको प्रहरीले जनाएको छ ।उता बलात्कारको आरोपमा मर्चवारीमा स्थानीय १८ वर्षीय राजेश चौहानलाई २२ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी सैनामैना नगरपालिका १ का ३० बर्षिय मानवहादुर छहारी १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । लकडाउनको समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा ५ बलात्कारका घटना भएका छन् । त्यसपछि कपिलवस्तुमा ४, गुल्मी र बाँकेमा दुई दुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया