ब्रेकिंग न्युज

छोरीको बयानवाट बलात्कार आरोपमा बाबु पक्राउ, एक सातामा ३ बलात्कृत



रुपन्देही८ बैशाख । रुपन्देहीमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन । रुपन्देहीको गैडहवा गाउँपालिकाको मुकाम सुर्यपुरामा छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरिएको छ । १५ बर्षिय छोरीलाई १ वर्षदेखि बलात्कार गर्दै आएका ति ४० बर्षिय बाबुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको हो । छोरीले दिएको बयानका आधारमा बाबुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले बताएको छ । 

        स्मरणीय छ लकडाउनको पछिल्लो एक सातामा रुपन्देहीमा ३ युवती बलात्कृत भएको प्रहरीले जनाएको छ ।उता बलात्कारको आरोपमा मर्चवारीमा स्थानीय १८ वर्षीय राजेश चौहानलाई २२ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी सैनामैना नगरपालिका १ का ३० बर्षिय मानवहादुर छहारी १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।  लकडाउनको समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । 

        प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा ५ बलात्कारका घटना भएका छन् । त्यसपछि कपिलवस्तुमा ४, गुल्मी र बाँकेमा दुई दुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६