प्रदेश

गोली लागेको अवस्थामा नीलगाई मृत भेटियो



कपिलवस्तु ,९ वैशाख। लकडाउनको मौका छोपी कपिलवस्तुको महाराजगंजमा निलगाईको शिकार गरिएको छ । सोमबार महाराजगंज नगरपालिका महाराजगंज ९ जितपुरमा शिकारीहरुको समूहले जंगलबाट बस्ती तर्फ गइरहेको निलगाई लखेटेर मारेका हुन् । विहान ८ बजे स्थानीय किसानले जितपुरको खेत किनारमा गोली लागि मरेको अवस्थामा निलगाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए । निलगाई लाई गोली हानी मारिएको मौखिक उजुरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा सोमबार दिउसो परेको थियो । उजुरी लगत्तै प्रहरीले गाउँमा खानतलासी गरेको थियो । सो क्रममा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएपनि निलगाईको शव र हथियार नभेटिएको भन्दै राती दुबै व्यक्तिलाई छाडेको थियो । 



 तस्वीर : घटनापछि खानतलासी गर्दै प्रहरी

    स्थानीयबासीका अनुसार स्थानीय गाँउकै मेहताब मुसलमानले आफु संग भएको भरुवा बन्दुकबाट निलगाईलाई गोली हानेका थिए । गोली प्रहार पछि निलगाई भागेको र खोज्दा नभेटिएपछि गाउँमा हल्ला भएको थियो । प्रहरीले खानतलासी गर्दा समेत केहि नभेटेपछि फिर्ता गएको थियो । मेहताब संग भएको बन्दुकको लाइसेन्स समेत नरहेको र अवैध रुपमा यस अघि पनि उनले शिकारहरु गर्ने गरेको स्थानीय श्रोतको दाबी छ । घटना पछि प्रहरीले गौतमबुद्ध डिभिजन बन कार्यालय चन्द्रौटालाई खबर गरेको छ । घटनामा संलग्नको खोजी भइरहेको र यसको अनुसन्धान गर्ने अधिकार बन संग रहेकाले उहालाई निलगाईको शव र घटना मुचुल्का प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६