अर्थ-वाणिज्य

कृषि एम्बुलेन्सले जोड्यो भैरहवा सैनामैना, सबै जिल्लाका किसान उत्साहित



रुपन्देही ९ वैशाख । किसानको तरकारी बारीमा कुहिने तर उपभोक्ताले तरकारी किन्न नपाउने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले सुरु गरेको कृषि एम्बुलेन्स सेवा रुपन्देहीको भैरहवा र सैनामैनामा सुरु भएको छ । यसअघि बुटवल र देवदहमा कृषि एम्बुलेन्स सेवा सुरु भैसकेको छ भने कृषि एम्बुलेन्स सेवाबाट किसानको तरकारी बारीमा कुहिनबाट बच्ने र उपभोक्ताले हरियो तरकारी खान पाउने उद्देश्यले यो अभियान सुरु भएको छ हो । लकडाउनको समयमा कृषि उपज विक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सुरु भएको छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा मंगलबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सुरु भएको हो ।

        कृषकले उत्पादन गरेका तरकारी अहिले त्यत्तिकै खेर गएको अवस्थामा कृषि मन्त्रालयसंग जनउत्थानले समन्वय तथा सहकार्य गरेर कृषकले उपलब्ध गराउने मुल्यमा नै उपभोक्ताहरुलाई तरकारी वितरण गरिएको जनउत्थान साकोसकी अध्यक्ष ज्ञानु पौड्यालले बताउनु भयो । कृषकले उपलब्ध गराउने मूल्यमा जनउत्थानले सहजीकण गरेर टिकुलीगढ, पश्चिम अमुवा, मर्चवार, शुद्धोधन लगायत ग्रामीण क्षेत्रबाट ताजा हरियो तरकारी भैरहवा ल्याएर वितरण गरिने उहाँले बताउनु भयो ।

        “सिद्धार्थनगर नगरपालिका भारतीय सीमासंग जोडिएको र खुल्ला सिमाना भएका कारण भारतबाट तरकारी आइरहेको छ, यसले कोरोना भाइरसको जोखिम बढेको छ,  कृषि एम्बुलेन्सले केही भए पनि विषादीयुक्त तरकारीको आयात रोकिन्छ, उहाँले भन्नुभयो । कृषि मन्त्री पौडेलले यहाँका उत्पादनले मूल्य नपाएको अवस्थामा अव कृषि एम्बुलेन्समार्फत किसानले मूल्य पाउने र उपभोक्ताले सहज रुपमा कृषि उत्पादन पाउने बताउनु भयो । 

        बाटोमा कही रोकटोक नहोस् र किसानको उप्तादन सहज रुपमा उपभोक्ता माझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको उहाँले बताउनु भयो । तरकारी खरीद गरेका उपभोक्ता ईञ्जिनियर जीवन अर्यालले सस्तोमा हरियो ताजा तरकारी उपलब्ध गराउने कार्य प्रशसंनीय भएको बताउनु भयो ।सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित अन्नपूर्ण टोलबाट एम्बुलेन्सको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गर्नुभएको हो । 

        शुभारम्भ कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणा, जनउत्थान साकोसका कोषाध्यक्ष सरु राना, व्यवस्थापक रनबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।सैनामैना नगरपालिकाले पनि अहिले सैनामैना भित्रकै किसानका कृषि उत्पादन नगर भित्र नै बिक्री बितरण गर्ने वातावरण बनाएको छ ।      हरियो तरकारी विक्रीका लागि सैनामैना व्यापार संघ र सैनामैना उद्योग बाणिज्य संघ संगको सहकार्यमा नगर भित्र कै किसानसंग खरिद गर्ने र गाडी मार्पmत ठाउँ ठाउँमा बितरण गर्ने ब्यवस्था नगरपालिकाले मिलाएको छ ।

        यसका लागि दैनिक तीनवटा गाडी व्यवस्थापन गरी ठाउँ नै तोकेर दैनिकरुपमा तरकारी पठाउने व्यवस्था मिलाईएको व्यापार संघका उपाध्यक्ष गणेश भुसालले बताउनु भयो । थोक बिक्रेताले किसानको बारीमा गएर तरकारी खरिद गरी तोकिएको खुद्रा पसलमा र टोल टोलमा दैनिक रुपमा तरकारी उपलब्द्द भए पछि उपभोक्ताले सहज, सुलभ र सुरक्षित रुपमा तरकारी पाएको बताएका छन । नगरको सहकार्य र संघ सस्थाको समन्वयमा नगर मै नगरकै तरकारी खपत गर्ने नितिले किसानको तरकारी बारीमै कुहिने अवस्थाबाट बचाएको सैनामैना निवासी कृषक रामलाल थारुले बताउनु भयो । 

        अहिले सैनामैनाका हरेक थोक तथा किराना पसलमा अनिवार्य मूल्यसूची राख्न लगाईएको सैनामैना उधोग बाण्ज्यि संघका महासचिव दिपक अधिकारीले बताउनु भयो । किसानको बारीको मूल्य र उपभोक्ताले पाउने मूल्यमा धेरै फरक हुन नदिन र कालो बजारी रोक्न समेत आवश्वक ध्यान दिईएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो ।    

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६