ब्रेकिंग न्युज

अध्यादेशले दलको विभाजन सहज तुल्याएको नेता न्यौपानेको तर्क,नतिजाको प्रतिक्षा गर्न तर त्रस्त नबन्न नेतृ घिमिरेको आग्रह


१० बैशाख २०७७, बुधबार


कपिलवस्तु १० बैशाख नेकपा कपिलवस्तुवाट केन्द्रीय कमिटीमा प्रतिनिधीत्व गर्ने २ जना केन्द्रिय सदस्यले सरकारद्वारा सोमबार मात्र जारी गरेका २ अध्यादेशका विषयमा सारमा सहमत भएपनि भावमा फरक मत प्रस्तुत गरेका छन् । संचारकर्मीलाई दिएको प्रतिकृयामा नेकपाका कन्द्रिय नेता गिराधारीलाल न्यौपानेले अध्यादेश आइसकेपछि अव त्यसको स्वामित्व लिएर अघि बढ्नुको विकल्प नरहेपनि पाटीसंग छलफल गरेर अध्यादेश ल्याउनु पर्नेमा त्यसको नभएको वताउनु भएको छ  ।  उहाले नेकपा  विभाजन हुन्छ भन्ने तर्क सही नभएको ठोकुवा गर्दै भन्नु भयो दलको विभाजन चाहि सजिलो भएकोछ । यसले कताकता हान्छ त्यो भविश्यले देखाउला ।

    अर्का केन्द्रिय सदस्य विमला घिमिरेले शिर्षतहमा छलफल नभएको भए जारी अध्यादेशको विषयमा तत्कालै वसेको सचिवालय बैठकले त्यसलाई अनुमोदन कसरी गरयो त ? भन्ने प्रश्न गर्दै छलफल भएको तर सयम चाहि उपयुक्त नरहेको औल्याउनु भएको छ । उहाले देशको आवश्यकता महसुस गरेर सरकारले ल्याएको अध्यादेशले ल्याउने नतिजाको प्रतिक्षा गर्न आग्रह गर्नु भएको छ ।नजिता सधै नकारात्मक हुदैन । यसले सकारात्मक ध्रुविकरण हुन सक्छ । सरकारले फेरी २ तिहाईको समर्थन जुटाउन सक्छ । संविधान संशोधनको वाटो सहज हुन सक्छ । मधेसका सवालले प्राथमिकता पाउन सक्छ उहाले भन्नु भएकोछ ।  

        त्यसको त राजनैतिक दल सम्वनिध ब्यवस्था गर्न बनेको अध्यादेश र संबैधानिक परिषद सम्बन्धि अध्यादेशका कारण यतिबेला सिङ्गो मुलुक राजनितिक रुपमा तरंगीत बनेको छ । एकातिर सरकार पक्ष र प्रतिपक्षबिच यो बिद्ययकको बिषयलाई लिएर फरक फरक धारणा आएका छन । प्रतिपक्षले बिद्ययक फिर्ता लिन माग गरेको छ भने प्रधानमन्त्रीले बिद्ययक आवश्यकताले ल्याईएकाले यो फिर्ता नहुने जनाई सक्नुभएको छ । यता २ वटा बिद्ययक जारी भएसंगै सतारुढ नेकपा भित्र पनि धुब्रीकरण पैदा गरेको छ । प्रचण्ड लगाएत केही नेताहरु बिद्ययकको बिपक्षमा देखिए भने प्रधानमन्त्री ओली सहित बहुसख्यक सचिवालयका नेताहरु केहि आलोचना भएपनि बिद्ययककै पक्षमा  देखिएका छन । यद्यपी उनीहरुले यो समय उपयुक्त होईन की भन्ने बिश्लेषण गरेका छन । अहिले बिभिन्न  दलका नेताहरु देखी लिएर सर्बसाधारणले कोरोनाको महामारीसँग जुधिरहेका बेला सरकारले यस्तो अध्यादेश किन ल्याउनुप¥यो ? के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् त ?  

        सरकारले ल्याएको अध्यादेशबाट यस्तो प्रश्न उब्जेको छ । यद्यपि कतिपय नेकपा नेताहरुले चाहिँ पार्टी्भित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुलाई तर्साउनका लागि मात्र यो अस्त्र प्रयोग गरेको हुन सक्ने अनुमान पनि लगाइरहेका छन् । पार्टी्भित्र प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम लगायतको भूमिकाप्रति असन्तुष्ट रहँदै आएका प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डसँग लामो छलफल गर्नुभएको थियो । महामारीका बेला सरकारले गरेको यो निर्णय बेमौषमी वाजा भए भन्ने आरोप पनि रहेको छ । यसैबिषयमा केन्द्रित रहेर नेकपाका दुई केन्द्रिय नेतालाई सोधिएको प्रश्नमा उहाहरुले सारमा विद्येयकको वचाउ गरेपनि भावका हिसावले फरक फरक तर्क गर्नु भएको हो । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे