नवलपरासी १० बैशाख ।आफ्नो र आफ्नो परिवारको सुरक्षाकालागि क्वारेण्टाइनमा बस्नु परेको हो भनेर बुझन नसक्ने ३ जना क्वारेण्टाइन ब्रेक गर्ने स्वघोषित वहादुर तर ब्यवहारत कायरहरु फरार भएका छन् । कावासोतीको क्वारेण्टाईनमा बसेका तीन जना यूवा कुरुवाको आँखा छली भागेका हुन् । कावासोती नगरपालिका वडा न ३ मा रहेको क्वारेण्टाईनबाट उनिहरु मंगलबार विहान भागेको कावासोती नगरपालीकाका उपमेयर तथा नगरस्तरीय कोरना रोकथाम विपत व्यावस्थापन समीतिका संयोजक प्रेम शंकर मर्दनिया थारुले जानकारी दिए ।
क्वारेण्टाईनबाट भाग्ने तिनै जना कावासोती नगरपालीका वडा नं १ मा बस्ने वर्ष २८ का अनिल नाम गरेका जुद्ध परियार, वर्ष ३४ का कृष्ण परियार र वर्ष २३ का सन्तोष विक रहेका छन् । उनिहरु मध्ये जुद्ध परिवार भारतबाट आएका र उनी संगै घुलमिलमा रहेका उनका २ जना साथि सहित ३ जनालाई सोमबार साँझ वडा न १ का वडा अध्यक्ष नारायण पन्त सहित स्थानीयहरुले वडा न ३ मा रहेको क्वारेन्टाइनमा ल्याइएको थियो ।
मर्दनिया थारुका अनुसार उनिहरुको नगर प्रहरी, प्रहरी, वडा प्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले खोजी गरीरहेको छ । भारतबाट आएका युवकले लागू पदार्थ गाँजा सेवन गर्ने गरेको र उनी संगैका २ जना साथीले पनि लागु पदार्थ खाने गरेकाले ३ जनालाई उनिहरुकै घर परिवारको सल्लाह अनुसार कावासोती ३ मा रहेको क्वारेन्टाइनमा राखिएको वडा नं १ का वडाध्यक्ष पन्तले प्रेसपाटीलाई टेलिफोन मार्फत जानकारी दिनु भयो ।
क्वारेण्टाईन स्थलमा नगरपालिकाको नगर प्रहरीले निगरानी गरेका थिए । तर नगर प्रहरीको आँखा छलेर उनिहरु तिनै जना क्वारेन्टाइनबाट मंगलबार विहान भागेका हुन् । कावासोती नगरपालीकामा सोमबार सम्म ११ जना क्वारेन्टाइनमा रहेका थिए । जसमा ३ जना मंगलबार विहानै भागे भने ३ जनालाई मंगलबार क्वारेण्टाईन अबधी पुरा गरि घर पठाईएको कावासोती नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाले जानकारी दिए ।
प्रतिक्रिया