लुम्बिनी

बुटवल क्षितिजद्धारा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीलाई मास्क र ग्लव्स हस्तान्तरण



बुटवल १० बैशाख ।   लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिकामा दैनिक रुपमा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीलाई मास्क र ग्लव्स वितरण गरेको छ । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ  सुरक्षालाई केन्द्रित गरेर ६० थान एन 95 मास्क , १०० थान सर्जिकल मास्क र २०० पिस मेडिकल पन्जा  हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष फवन लाकौलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदिलाइ उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।  प्रमुख सुबेदिले यो महामारीको अवस्थामा क्लबले  गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यो जटिल अवस्थामा आफू पनि सुरक्षित रहेर सहयोग र सचेतनाका कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।  क्लबका अध्यक्ष फवन लाकौलले आगामी दिनमा पनि क्लबले आफू सक्दो  विभिन्न सहयोग तथा सामाजिक सचेतना सम्बन्धि  कार्यहरु गर्दै जाने बताउनु भयो  । सो कार्यक्रममा जोन चियर पर्सन मिलन कुमार पुन , क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ ,पुर्ब अध्यक्ष नारायण बहादुर थापा , प्रथम उपाध्यक्ष शंकर पाण्डे लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको  लायन्स क्लब अफ बुटवल क्षितिजका द्वितीय उपाध्यक्ष आबिश्कार खनालले जानकारी दिनुभयो ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६