ब्रेकिंग न्युज

प्रलोभनमा पारेर ४ वालिकालाई बलात्कार गर्ने २ जना पक्राउ , १० वर्ष भित्रका वालिका कै बयानमा आरोपी पक्राउ



कपिलवस्तु १० बैशाख ।कपिलवस्तुमा ४ बालिका बलात्कृत भएको घट्ना बाहिर आएको छ । जिल्लाको बाणगङ्गा नगरपालिका ४ का ४ बालिकालाई  २ जनाले बलात्कार गरेको घटना बाहिर आएको हो । एक बालिकालाई ५ बर्ष देखी र ३ बालिकालाई केही महिना देखि पटक पटक जबर्जस्ती करणी गरेको पीडितका अभिभावकले जनाएका छन् । पिडकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

        अहिले पीडित र पिडकलाई गजेहडा प्रहरी बिट्मा राखी सोधपुछ भइ रहेको छ । स्थानीयले गजेहडा प्रहरी बिट्मा न्याय माग गर्दै नाराबाजी गरेका छ्न ।ती वालिका १० बर्ष भित्रका  रहेका छन् । बलात्कार आरोपी ४५ वर्षका पप्पु भन्ने तिलकराम गुप्ता र १७ वर्षका मुस्कान शर्मा रहेका छन् । उनीहरु दुबै प्रहरी नियन्त्रणमा  आई सकेको प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।बेला बेला बोलाउदै आफूहरु माथि पटक पटक यौन दुरब्यवहार गरेको  पीडित वालिकाले प्रहरी समक्ष वताएका छन् । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६